प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न नेपाली कांग्रेसको आग्रह

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले दुई ठूला दल मिलेर सरकार बनाउन सहमति भएको भन्दै मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ।सभापति शेरबहादुर देउवाको बूढानीलककण्ठस्थित निवासमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।

प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे संवैधानिक प्रक्रिया आफ्नो ठाउँमा रहेको प्रवक्ता प्रकाशशरण महतले बताए। ‘ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ। बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ,’ उनले भने । एमालेले पनि मंगलबार बुधबारसम्म मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।