आज कति छ सुनचाँदीको मूल्य ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो। तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्