नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। शनिबार दिउँसो ३ बजे बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। कांग्रेसले गत असार १७ गते नेकपा (एमाले) सँग समीकरण गर्दै सरकार बनाउनेलगायत सहमति गरेको थियो।

उक्त सहमतिलाई बुधबारको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरिसकेको छ। सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने छ।