बागमतीमा सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले बुझाए राजीनामा

uml-logo
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई संयुक्त राजीनामा बुझाएका छन्।

केन्द्रमा बनेको नयाँ समीकरणसँगै मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन्। माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेबाट पाँच जना मन्त्री थिए।

एमालेबाट सरकारमा आर्थिक मामिलामन्त्री थपलियासहित उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरिसकेको छ। विश्वासको मत लिने निर्णय गरे पनि मिति भने नतोकिएको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्