क-कसको फाइल खोल्नुपर्ने हो, खोल्नुस् : महेश बर्तौला

Mahesh_Bartaula
लोकपाटी न्यूज

काठमाडौं। एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबिच समझदारी पारदर्शी भएको बताएका हुन्।

त्यसैक्रममा प्रमुख सचेतक बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिए। कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको बताएका थिए।

सोमबारको बैठकमा पनि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि बेचन झाको पक्राउले ठूला नेताहरुमा बेचैनी आएको बताएका थिए। एमाले प्रमुख सचेतक बर्तौलाले भने अहिले पनि प्रधानमन्त्री र मन्त्री रहेको भन्दै ककसको फाइल खोल्नुपर्ने हो खोल्न चुनौती दिए। उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुने भन्दै यदि प्रधानमन्त्रीले असार २८ मा बहुमत र्पुयाए आफूहरूलाई कुनै आपत्ति नहुने बताए।