घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन : ठाकुरप्रसाद गैरे

Thakur_Gaire
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे।

सांसद गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताए। सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरे।

उनले प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि बताए।उनले बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह गरे। उनले विपक्षमा करिब दुई तिहाइ बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्