प्राचीन तथा ऐतिहासिक मुद्राको बहुआयामीक महत्व छ : मन्त्री तामाङ

Hit -bahadur - tamang
लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री हित बहादुर तामाङले नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा पुरातात्विक सम्पदा राष्ट्रियतासँग सम्बन्धित बहुआयामिक महत्वको भएको बताएका छन्।

नेपाल मुद्रा संकलक संघद्धारा पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको सहकार्यमा आयोजित बाल संकलक लक्ष्यजीत मल्लद्धारा संकलित नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा तथा विश्व रेकर्ड होल्डर दिपेन्द्र रत्न शाक्यको १९३ मुलुकको सिक्काहरुको प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।

उनले बुद्धकालिनदेखि लिच्छवि काल, राजतन्त्रीय कालदेखि गणतन्त्रकाल सम्मको मुद्रा संकलन गरेर प्रदर्शनी गर्न सफल बाल संकलकद्धयको प्रशंसा समेत गरे।

यो महत्वपूर्ण कार्य भएको भन्दै यस्तो कार्य बिरलै मान्छेले मात्र गर्न सक्ने मन्त्री तामाङको भनाई छ। देशी विदेशी सबैले अहिलेसम्म छापेका मुद्राहरु संकलन उत्कृष्ट कार्य भएको चर्चा गर्दै मन्त्री तामाङले यस्ता कार्यहरुले विदेशीहरु माँझ नेपालको पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न मद्धत पुगेको बताए। उनले यस्ता कार्यक्रमहरु निरन्तर गर्न सबैलाई आग्रह गरे।