हत्यामा संलग्न दुई जना पक्राउ

Arrest pic
लोकपाटी न्यूज

रौतहट। ईशनाथ नगरपालिका-९ का १७ वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका-३ स्थित बस्ने १८ वर्षीय किशोर र ईशनाथ नगरपालिका-३ बस्ने १९ वर्षीय रोशन साह रहेका छन्।

ईशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैँचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरी फरार भएका थिए। मृतकको भाईले आँप बगैँचामा आँप टिपेको विषयमा ती किशोरले उनीमाथि कुटपिट गरेका थिए। सोही वादविवादको क्रममा सहवाजले ती किशोरलाई झापड हानेका थिए।

उक्त घटनाको विषयलाई रिसिइबी लिई ती किशोर र रोशनले सहवाजको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खोलेको प्रहरीले जनाएको छ। उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले भनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्