सिमलताल दुर्घटना अपडेट : बेपत्ता यात्रु खोज्न गोताखोर परिचालन

simatatal
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रु खोज्न गोताखोर परिचालन गरिएको छ। त्रिशुली नदीमा बेपत्ता भएका दुई बस खोज्न सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर खटिएको हो।

पहिरोका कारण अवरुद्ध सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याएको छ। वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुबहाक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको आशंका छ। दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ। बसलाई पहिरोले बगाउँदै गर्दा तीन जना यात्रु हामफालेर बाँच्न सफल भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्