सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

Sudurpaschim_Pradesh_Pramukh
लोकपाटी न्यूज

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार बेलुका ५ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका हुन्।

आइतबार ५ बजेभित्र सुदूरपश्चिम प्रदेशसभामा रहेका दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाका सदस्यले मुख्यमन्त्री पदमा दाबी पेस गर्न सक्नेछन्।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनको आह्वान गरेका हुन्। सुदूरपश्चिममा नेपाली काँग्रेसले सरकार बनाउने तयारी गरेको छ। मुख्यमन्त्रीका लागि आकाङ्क्षी धेरै भएपछि काँग्रेसले सो विषयमा निर्णय गर्न सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्