जानिराख्नुस् यी शर्टकट्स की, जसले क्षणभरमै बन्छ काम

lady with laptop
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। मानव सुविधाका साधनहरूको शीर्ष स्थानमा कम्प्युटरको छ। आजको समयलाई कम्प्युटरको युग भनेर चिनिन थालिसकेको छ। अहिले अधिकांश कार्यहरू कम्प्युटरमार्फत सम्पादन हुने गर्दछन्। कम्प्युटरको आगमन पछि, हाम्रा धेरै कार्यहरू धेरै सजिलो भएका छन्।

व्यवसायीक कामदेखि साथीभाइको भेटसहित मनोरञ्जन लिनेसम्म आज मोबाइल र कम्प्युटरको प्रयोग हुन थालेको छ। मानव जीवनसँग अभिन्न रुपमा कम्युटर जोडिएको छ। आजको द्रुत गतिको जीवनमा, अगाडि रहन छिटो काम गर्नु धेरै महत्त्वपूर्ण भएको छ।

आजकल कार्यालयको काम, इन्टरनेट ब्राउजिङदेखि अनलाइनबाट अध्ययन गर्न र सोसल मिडिया चलाउने लगायतमा ल्यापटपको अत्यधिक प्रयोग हुने गरेको छ। यस्तोमा ल्यापटपको कि बोर्डका बारेमा राम्रोसँग जान्नु निकै उपयोगी हुन्छ र यसले तपाईंको धेरै समय बाँच्दछ। शर्टकटस् की को मद्दतले तपाईंले ल्यापटपमा कामलाई सजिलो र रोचक बनाउन सक्नुहुन्छ। त्यस्ता केही शर्टकट कीहरू यी हुन्:

Window + Alt + R : यो एउटा निकै उपयोगी विन्डोज शर्टकट्स हो। यसको मद्दतले तपाईंले ल्यापटपको स्क्रिन रेकर्ड गर्न सक्नुहुन्छ। उल्लेखित शर्टकट कीहरुलाई एकसाथ थिच्नुभयो भने ल्यापटपको स्क्रिन रेकर्डिङ सुरु हुन्छ। यदि तपाईंले आफ्नो ल्यापटपको स्क्रिन रेकर्ड गर्न चाहनुहुन्छ भने Window + Alt + R थिच्नुहोस्।

Window + D : यो शर्टकट कीबाट ल्यापटपमा चलिरहेका विन्डोजहरूलाई एकसाथ मिनिमाइज गर्न सकिन्छ। यो शर्टकट त्यसबेला सबैभन्दा उपयोगी हुन्छ जब तपाईंले एकसाथ धेरै विन्डोजहरू खोलेर काम गरिरहनुभएको हुन्छ र तपाईंलाई तत्कालै होमस्क्रिनमा स्विच गर्नुपर्ने हुन्छ। तपाईंले होमस्क्रिनमा जानका लागि सामान्य रुपमा खोलिएका विन्डोजलाई एकाएक गरी मिनिमाइज गर्नुपर्ने हुन्छ। तर Window + D : शर्टकट थिचेर एकैपटकमा सबै विन्डोज मिनिमाइज गर्न सकिन्छ। यसका लागि Window + M पनि थिच्न सकिन्छ।

Window + L : यो सुरक्षाको दृष्टिले निकै उपयोगी शर्टकटस् हो। यसको सहयोगले ल्यापटपको सिस्टम लक गर्न सकिन्छ। अर्थात् यसरी लक गरिसकेपछि ल्यापटप खोल्नका लागि पुनः पासवर्ड थिच्नुपर्दछ।

यो फिचर तब धेरै उपयोगी हुन्छ जब तपाईं अफिसमा ल्यापटपमा काम गरिरहनुभएको हुन्छ र तपाईँलाई तत्कालै कुनै कामका लागि बाहिर जानुपर्ने हुन्छ। त्यस्तो अवस्थामा तपाईंले Window + L थिचेर तपाईंको कम्प्युटर लक गर्न सक्नुहुन्छ।

Shift + Ctrl + T : यो गुगल क्रोमका लागि सबैभन्दा कामकाजी शर्टकट्स हो। यसको मद्दतले डिलिट गरिएका सबै ट्याबलाई फिर्ता ल्याउन सकिन्छ। कहिलेकाहीँ हामीले हतारमा आवश्यक ट्याबहरु पनि बन्द गरिदिन्छौं र फेरि त्यस्तो लिंकमा जानका लागि ब्राउजिङ हिस्ट्रीको सहारा लिनुपर्दछ। तर Shift + Ctrl + T शर्टकट की प्रयोग गरेर तपाईंले बन्द गरेका ट्याबहरु क्षणभरमै स्क्रिनमा ल्याउन सक्नुहुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्