शिक्षामन्त्री भट्टराईको कर्मचारीलाई निर्देशन : ‘जनगुनासोलाई तत्काल सम्वोधन गर्नुहोस्’

Biddya Bhattrai
लोकपाटी न्यूज
0 Shares

गण्डकी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन्।

जनगुनासो एवं समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवं सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उनले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन्।

सरकारी काम कारबाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन्। सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रूपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्