WordPress database error: [Disk full (/tmp/#sql-temptable-196b2c-917c-eee.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनको लागि आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले गत शनिबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए। कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ। कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० सांसद छन्। दुई दलका प्रदेश सभा सदस्यको मत उनलाई विश्वासको मत पाउन पुग्ने छ। यस्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपाका एक-एक तथा एक स्वतन्त्र सांसद छन्।