८ वर्षपछि चलचित्रमा ’कमब्याक’ गर्दै राजेश हमाल

rajeshhamal-
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आठ वर्षपछि राजेश हमाल चलचित्रमा कमब्याक भएका छन्। हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन्। आइतबार निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको छ।

हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिए। उनले फेसबुकमा लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु।’

पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन्। बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्