घट्यो सेयर बजार, कारोबार कति ?

share-down
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सेयर बजारमा आज भारी गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से १ सय ४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो।नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ।

तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ। २३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ। हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्