मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राखिने

Rai-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संसदीय समितिमा मिडिया काउन्सिल विधेयक- २०८० को नाम आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको छ। मंगलबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफाबार छलफल भएको थियो।

सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो। समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्न भनेर संशोधन प्रस्तावसमेत हालेका थिए।

यससँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरिन्। अब परिवर्तित नाम अनुरूप बाँकी प्रक्रिया अगाडी बढाउने उनले बताइन्। उनले विधेयकको नाम परिवर्तन गरेको नभई नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नामको नेपालीकरण मात्रै गरिएको स्पष्ट पारिन्। विधेयकभित्रको विषयवस्तुहरू भने परिवर्तन नहुने उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्