बेलायतमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन एनआरएनए यूकेको अपील

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतमा रहेका नेपालीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ। अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेलले मंगलबार संयुक्त रुपमा वक्तव्य जारी गरेर सुरक्षित रहन सबैमा अपील गरेको हुन्।

वक्तव्यमा ‘सेफ्टी एड्भाइजरी’ मा प्रदर्शन तथा हुलदंगाका लागि बढी जोखिम रहेका क्षेत्रमा नजान सल्लाह दिइएको छ। त्यस्तै, बेलायतवासी नेपालीलाई कुनै पनि प्रदर्शनहरूमा सहभागी नहुन आग्रह गरिएको छ। एनआरएनए यूकेले आफ्नो सुरक्षाका लागि सतर्क रहन तथा त्यस्ता कुनै पनि घटना हुन पुगेमा तत्काल स्थानीय सुरक्षा निकायलाई सम्पर्क राख्न आग्रह गरेको छ।

बेलायतमा क्रियाशील अन्य नेपाली सङ्घसंस्थालाई पनि आफ्नो समुदाय तथा सदस्यहरूलाई सुसूचित गर्न तथा सुरक्षित राख्न आवश्यक सहयोग गर्न एनआरएनए यूकेले आव्हान गरेको छ। कुनै पनि सहयोग आवश्यक परेमा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ। त्यस्तै, एनआरएनए यूकेलाई पनि इमेल uk.info@nrna.org वा अध्यक्षलाई ०७४११५७६२९८ र महासचिवलाई ०७४६२१४०९६२ मा टेलिफोन गरी सम्पर्क गर्न सकिने जनाइएको छ।

लन्डनस्थित नेपाली दूतावासले बेलायतका सबै नेपालीलाई प्रदर्शन तथा हुलदङ्गाबाट सक्दो टाढा रहन वक्तव्यमार्फत आव्हान गरेको छ। गत हप्ता बेलायतको साउथपोर्ट नगरमा तीन जना बालिकाको छुरी हानेर हत्या गरिएको घटनापछि हिंसा फैलिएको थियो। लन्डन, लिभरपुल, सन्डरल्यान्ड, हल, ब्रिस्टोल, बेलफास्ट, साउथपोर्ट, रोदरम योर्कसायर, लिड्स, बोल्टन, मिडल्सब्रालगायत सहरमा हिंसा बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्