‘कल्कि’को दोस्रो भाग आउन कति समय लाग्छ ?

लोकपाटी न्यूज
0 Shares

‘कल्की २८९८ एडी’ रिलिज भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि चलचित्रले हलमा दर्शकको साथ पाइरहेको छ। कल्कीको पहिलो पार्टले टिकट विन्डोमा हलचल मच्चाएको थियो। अब दर्शकको चासो यसको दोस्रो भागमा छ। हालै फिल्मका निर्देशक नाग अश्विनले दोस्रो पार्टको बारेमा महत्त्वपूर्ण जानकारी दिएका छन् ।

निर्देशक नाग अश्विनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा दोस्रो भाग हेर्न धेरै कुर्नु नपर्ने आशा रहेको बताएका छन्। पहिलो पार्टको तुलनामा दोस्रो पार्ट छायांकन गरी हलमा पठाउन कम समय लाग्ने अपेक्षा गरिएको छ।

‘कल्कि’को पहिलो पार्ट छायांकन भइरहेका बेला यसको दोस्रो भागको अलिकति छायांकन पनि भएको थियो। करिब २० दिनको सुटिङ भइसकेको नाग अश्विनले भनेका छन्। तर, फिल्मका धेरै पक्षमा काम गरेर पूरा गर्न अझै लामो यात्रा बाँकी रहेको बताएका छन्।

‘कल्की २८९८ एड’ ले घरेलु बक्स अफिसमा ७५९.५ करोड कमाएको छ। योसँगै यसको विश्वव्यापी कमाई १ हजार करोड नाघेको छ। फिल्ममा अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण, दिशा पटानी र कमल हासन र एसएस राजामौली, दुल्कर सलमान र विजय देवरकोंडा क्यामियो गर्दै देखिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्