काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन्। आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले दिउँसो साढे १ बजे प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन्।
पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै कुलमानले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएका थिए ।