विराटनगर। आज बिहान मोरङसहित पूर्वका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
भारतको किक्किम केन्द्र भएर गएको भूकम्पको धक्का कोशी प्रदेशको राजधानी विराटनगरसहित आसपासका जिल्लामा महसुस गरिएको थियो।४ दशमलव ५ म्याग्निच्यूटको भुँइचालो गएको भारतको केन्द्रीय यूरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले उल्लेख गरेको छ। भूकम्पको केन्द्रबिन्दु दार्जिलिङ भन्दा २२ किलोमिटर टाढा पर्छ।