काठमाडौं। पोर्चुगलका डिफेन्डर पेपेले सन्यास लिएका छन्। ४१ वर्षीय पेपेले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन्।
आफ्नो खेल जीवनमा उनले पोर्चुगलका लागि १४१ खेल खेलेका छन्। अन्तिम पटक युरो कपको क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध उनी मैदानमा उत्रिएका थिए।
४१ वर्षीय पेपेले सन् २०१६ मा पोर्चुगलबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए। उनले पछिल्लोपटक पोर्चुगलबाट युरो २०२४ अन्तर्गत फ्रान्ससँगको क्वार्टरफाइनल खेलेका थिए। उक्त खेलमा पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित भएको थियो। रियाल मड्रिडमा लामो समय व्यावसायिक करियर बिताएका पेपेले स्पेनिस ला लिगामा ३३४ खेल खेलेका छन्।