काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आठ वर्षमा प्राधिकरणले ८२ अर्ब रुपैयाँ नाफा कमाएको बताएका छन्। घिसिङले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा प्राधिकरण घाटाको स्थितिबाट उच्च नाफामा पुगेको बताएका हुन्।
उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको बताए। आफू प्रबन्ध निर्देशकमा आएपछि प्राधिकरणले पछाडि फर्किएर हेर्नुनपरेको उनको दाबी छ। घिसिङका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षका तुलनामा १०.१८ प्रतिशत धेरै हो।
Loading...