बुटवल। बुटवलको गोलपार्कमा गोरुले कुल्चिएर एक महिलाको मृत्यु भएको छ। गुल्मीको रेसुंगा नगरपालिका वडा नं ४ घर भई बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको गोरुले कुल्चिएर ज्यान गएको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी पाण्डेलाई गोरुले कुल्चिएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यही साउन २० गते साँझ गोलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गोरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो।
गोरुले कुल्चिएर गम्भीर घाइते भएकी पाण्डेलाई स्थानीयले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा र्पुयाएका थिए। घाइते पाण्डेको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।