चितवन। भरतपुर महानगर युवा संजालद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार राति सम्पन्न खेलमा अन्तर वडा क्लव पुरुष फुटसलको उपाधि वडा नम्बर ५ ले जितेको छ भने अन्तर संघसंस्था एवम् अन्तर वडा क्लव महिला फुटसलको उपाधि वडा नम्बर २३ ले जितेको छ। पुरुषतर्फ वडा नम्बर २२ दोश्रो भयो भने महिलातर्फ सोच परिवर्तन नेपालले दोश्रो स्थान प्राप्त गर्यो।
खेल संयोजक हिरालाल आचार्य ‘डायमण्ड’ले विजेताहरुलाई पुरस्कार भने साउन २८ गतेको महानगरसँग युवा कार्यक्रमका दिन प्रदान गरिने बताए। भरतपुर महानगरपालिकाको सहकार्यमा युवा सञ्जालले अगस्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाइरहेको छ। सोही सप्ताहव्यापी कार्यक्रमको समापन २८ गते हुँदैछ । उक्त दिन भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुरका युवाबीच अन्र्तक्रिया एवम् प्रश्नोत्तर कार्यक्रम हुने छ।
फुटसलमा प्रथम हुनेलाई ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धित्तिय हुनेलाई ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोज आचार्यले बताए। फुटसलमा दर्ता शुल्क निुःशुल्क रहेको थियो।
फुटसल प्रतियोगितमा सेन्ट्रल कलेजको मुख्य सहयोग रहेको थियो । प्रेसिडेन्सी कलेज र एसडीटेक कम्पनी सहयोगी संस्थाका रुपमा रहेका थिए। भरतपुर महानगर युवा संजाल नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्बाट संचालित १६-२४ वर्ष समुहका युवाहरुको समुह हो। भरतपुर महानगर युवा संजाल भरतपुर महानगरपालिकाको संरक्षणमा रहेको छ।