WordPress database error: [Can't change size of file (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`
एजेन्सी। बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिएको पुष्टि गरेका छन्। सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति कार्यालयमा पठाइएको बताएका छन्।
प्रदर्शनमा रहेको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर शनिबार बिहान प्रधानन्यायाधीश र सात जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए। प्रधानन्यायाधीश हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरी शनिबार १ बजेभित्र राजीनामा गर्न अल्टिमेटम नै दिएका थिए। प्रधानन्यायाधीश हसनले राजीनामा दिएपनि अरू न्यायाधीशको भने राजीनामा नआएको कानुनमन्त्री नजरुलले जानकारी दिएका छन्।
बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन। प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्नेका लागि अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको आशंका विद्यार्थी आन्दोलनकारीलाई थियो।