काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सोमबार पनि बस्दैछ। बैठक आज बिहान ११ पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ।
जारी बैठकमा राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ। शनिबारदेखि सुरू भएको स्थायी समिति बेठकमा आधाभन्दा बढीले धारणा राखिसकेको उनले बताए। माओवादीको स्थायी समिति ४४ सदस्यीय छ।