काठमाडौं। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका छन्।
सांसद ढकालले मंगलबारको प्रतिनिधिसभाको बैठकमा विद्युत महसुलको विषय उठान गर्दा सभामुख देवराज ढकालले माइकको लाइन काटिदिए।
त्यसपछि प्रतिपक्ष दलहरूले उठेर आपत्ति जनाए। केही समय संसदमा प्रतिपक्षले होहल्ला गरेपछि संसद बैठक प्रभावित हुन पुगेको थियो भने अहिले प्रतिनिधीसभाको बैठक जारी छ।