काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्री केपी ओलीलाई निर्देशन दिन आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै प्रधानमन्त्रीले उद्योगहरूमा काटेको लाइन जोड्न निर्देशन दिएजस्तै बक्यौता रकम उठाउन पनि त्यसैगरी निर्देशन दिन उनले आग्रह गरेका हुन्।
उनले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको भन्दै आकस्मिक विषय बन्ने बताए। उनले भ्रष्टाचारसम्बन्धी संसद्मा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको बताए।
सांसद ढकालले आज प्रतिनिधिसभाको बैठकमा विद्युत महसुलसम्बन्धी बोल्ने क्रममा सभामुख घिमिरेले माइकको लाइन काटिदिएका थिए। सभामुख घिमिरेले आकस्मिक समयमा बोल्ने भनेकोबाहेक विषय उठान गरेको भन्दै माइकको लाइन काटिदिएका थिए। त्यसपछि रास्वपा र राप्रपा सांसदहरू उठेर होहल्लासहित अवरोध गरेका थिए। उनीहरूले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए।