एआईले क्रान्ति ल्याउन सक्ने १० क्षेत्र

AI
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा विगत केही वर्षदेखि भइरहेको छ। विश्वभर एआईको प्रयोगमा जोड दिइएको छ। फोन वा कम्प्युटरमा उपलब्ध चेस जस्ता खेलहरू, गुगल र एलेक्सा भ्वाइस असिस्टेन्ट लगायतका रोबोटमा यो प्रविधिको प्रयोग गरिएको छ। तर, यो प्रविधिमा काम अझै जारी छ।

नेपाल सरकारले पनि एआईको प्रयोगका सम्बन्धमा छलफल थालेको छ। यो प्रविधिको प्रयोगले राज्यको क्षमतालाई नयाँ उचाइमा पुर्‍याउन सकिनेतर्फ चर्चा हुँदैछ। पछिल्ला केही वर्षमा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा निकै तीव्र गतिमा प्रगति भइरहेको छ। अर्कोतर्फ एआईको साइड इफेक्टको बारेमा चिन्ता पनि व्यक्त भइरहेको छन्। हामी आज यहाँ आर्टिफिसियल इन्टेलिजेन्सले फाइदा पुर्‍याउन सक्ने दश क्षेत्रबारे चर्चा गर्दैछौं:

  • ‘डाटाहरूको विश्लेषण’ गरी भविष्यमा हुने सक्ने घटनाहरूको अनुमान लगाउन एआई सहयोगी हुन सक्छ।
  • अन्तरिक्ष अन्वेषणमा एआई महत्त्वपूर्ण साबित हुन सक्छ। एआईको विकासले भविष्यमा अन्तरिक्षमा स्वायत्त अन्तरिक्ष यान हुनेछ, जसले अन्तरिक्षको बदलिँदै परिस्थितिको आधारमा आफूलाई अनुकूलन गर्न सक्छ।
  • एआईले फिल्मिङ र ग्राफिक्स डिजाइनिङको संसारमा ठूलो परिवर्तन ल्याउने देखिन्छ। एआईको आगमनले योजना निर्माणदेखि भिजुअल इफेक्ट र सीजेआईको क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सक्छ।
  • एआईको ठूलो प्रयोग ‘इन्टरनेट अफ थिंग्स’को इकोसिस्टममा हुने देखिन्छ।
  • अटो क्षेत्रमा यो प्रविधि भित्रिएपछि ठूलो क्रान्ति हुन लागेको छ। निकट भविष्यमा ठूलो डाटा प्याटर्नमा आधारित सेल्फ-ड्राइभिङ कारहरू सडकमा मानिसभन्दा धेरै राम्रोसँग चलाउन सक्षम हुनेछन्। यसले सडक दुर्घटना न्यूनीकरण गर्न सफल हुने विश्वास लिइएको छ।
  • आर्टिफिसियल इन्टेलिजेन्स वैज्ञानिक आविष्कार र नयाँ औषधिको निर्माणमा कोसेढुङ्गा बन्न गइरहेको छ।
  • कृत्रिम बुद्धिमत्ताले स्वास्थ्य सेवा क्षेत्रको परम्परागत प्रणालीलाई पूर्ण रूपमा परिवर्तन ल्याउन सहयोगी हुने देखिन्छ। एआईको सहायताले रोगलाई सही रूपमा पहिचान गरी उचित उपचार गर्न सकिने विश्वास लिइएको छ।
  • एआईद्वारा सञ्चालित च्याटबटहरू पहिले नै सुरु भइसकेका छन्। जस्तै च्याटजिपिटी, गुगल वर्ड जस्तै च्याटबट र भर्चुअल सहायक टुल्स तपाईंको समस्या समाधान गर्न कोसेढुङ्गा साबित हुन गइरहेका छन्।
  • आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित स्वायत्त हतियारले सम्पूर्ण युद्धको बाटो परिवर्तन गर्ने अनुमान छ। निकट भविष्यमा एआई ड्रोन र रोबोटिक्सको व्यापक प्रयोग युद्धमा देखिन्छ।
  • आर्टिफिसियल इन्टेलिजेन्सको आगमनपछि तपाईंले पहिलेको भन्दा बढी व्यक्तिगत परिणाम र सामग्री प्राप्त गर्नुहुनेछ।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्