घोराही। दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्। घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा गयराती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए। गम्भीर घाइते इन्दुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको थियो।
गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ। सर्पले सुतेको समयमा इन्दुको टाउको र आश्माको दायाँ हातमा टोकेको थियो।