चितवन। अविरल वर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुइतर्फी सञ्चलनमा आएको हो।
चितवनको इच्छाकामना-३ स्थित चुम्लिङ्गटारमा आज बिहान ७ बजे ढुङ्गासहित पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध बनेको थियो। मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा ठुलो ढुङ्गा खसेको थियो।