आज कति छ विदेशी मुद्राको विनियम दर ?

dollor
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ भने अन्य धेरै विदेशी मुद्राको मूल्य बढेको छ।

मंगलबार र बुधबार प्रतिडलर खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको अमेरिकी डलर एकको खरिददर आज १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ। मंगलबार र बुधबार अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो।

आज युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र दिनारसहित अन्य धेरै मुद्राको मूल्य बढेको छ। आजको लागि युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा कायम भएको छ। हिजो युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको थियो।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो बेलायती पाउन्ड एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा थियो।

hhh

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्