काठमाडौं। वैदेशिक रोजगारमा क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१० बस्ने पर्सा वीरगन्ज महानगरपालिका-१३ का ५० वर्षीय महावीर प्रसाद जैशवाल (कुर्मी) रहेका छन्।
महावीरले आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिने भनी ३ जना युवायुवतीबाट ५ लाख २० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन थिए। पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौं ठमेलबाट पक्राउ गरेको हो।
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।