खोटाङ। विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरिएर आज बिहीबार बिहान मृत्यु भएको छ। रावाबेसी गाउँपालिका-३ लामीडाडाँस्थित विश्वज्योति मावि जाँदै गरेकी ५७ वर्षीया साबित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको हो। विद्यालय जाँदै गर्दा बाटोदेखि करिब ३०-३५ मिटरमाथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए।