काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्। बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारीमा आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएको बताउँदै मन्त्री भट्टराईले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न माग गरेकी छन्। यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत गृहमन्त्रीसँग माग गरिन्।