काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले डा. ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
रास्वपाले गत साउन ३० मा साधारण सदस्यबाट किन निष्कासित नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ मुकुलले साउन ३१ गते दिइसकेका छन्। उनले जवाफ सामाजिक सञ्जालमा पनि राखेका छन्।
यसअघि रास्वपाले उनलाई पार्टी हित विपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो। तर, उनको साधारण सदस्य भने कायमै थियो।