त्रिभुवन विश्वविद्यालयमा नतिजा प्रकाशन भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने

tu
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा नतिजा प्रकाशन भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका) नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउनुपर्ने भए कुनै पनि शुल्क नलिने जनाएको हो। हालसम्म फरक फरक विषयको लागि फरकफरक शुल्क लिने गरेको थियो।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका तर विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूले नियमानुसर लाग्ने शुल्कको बैंक भौचर पेस गर्नुपर्ने बताइएको छ।

सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका तर विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूले नियमानुसर लाग्ने शुल्कको बैंक भौचरसहित देहाय बमोजिमका कागजातहरू संलग्न गरी सम्बन्धित गोप्य शाखामा ७ दिनभित्र निवेदन दिनु भई हालसम्म पेन्डिङ्गमा रहेका निवेदनहरूको फरफारक गर्न सहजीकरण गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

साथै यसका लागि आवश्यक पर्ने कागजातहरूमा रजिष्ट्रेशन कार्डको प्रतिलिपि, सबै वर्ष तथा सेमेष्टरको सक्कल प्रवेश पत्रहरू तथा सक्कल मार्कसिट र क्याम्पस र सम्बन्धित क्षे.प.नि.का. को सिफारिस पत्र तथा आवश्यकता अनुसार नागरिकताको प्रतिलिपि पेस गर्नु पर्ने पनिकाले जनाएको छ। सूचनामार्फत ट्रान्सक्रिप्टका लागि आवेदन फाराम भर्ने सम्बन्धी व्यवस्थाबारे पनि जानकारी उल्लेख गरिएको छ।