राष्ट्रिय वाणिज्य बैंकले ल्यायो गाडी कर्जा योजना

Rastriya-banijya-bank_01
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व उत्सव योजनाअन्तर्गत गाडी कर्जा योजना ल्याएको छ। चाडपर्व नजिकिएसँग बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि उक्त योजना ल्याएको हो।

मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपियाँसम्म कर्जा लगानी गर्नेछ। कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ। गाडीको कोटेशनमा अंकित मूल्यको विद्युतीय गाडी(इभी)को हकमा बढीमा ८० प्रतिशत र पेट्रोल/डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ।

बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजनाअन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुनेछैन।

निवेदन दिएको सात कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुनेछ। यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने छ। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्