त्रिविमा अध्यापनरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्त गर्ने निर्णय

tu
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। त्रिभवन विश्वविद्यालयमा अध्यापनरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ। त्रिविका ६२ वटै आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा कार्यरत स्थायी, अस्थायी र करार प्राध्यापकहरूले पूर्ण कक्षाभार लिई बाँकी रहेको कक्षाभारलाई आधारमानी त्रिविको स्वीकृति रिक्त दरबन्दीमा करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

साउन २३ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आंशिक शिक्षकहरूलाई करार सेवाका शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।त्रिभुवन विश्वविद्यालयले प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा वार्ता तथा राय सुझाव समिति गठन गरेको थियो। उक्त समितिको प्रतिवेदनको आधारमा आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समिति र वार्ता तथा राय सुझाव समितिबिच २०८१ साउन १५ गते समझदारी भएको थियो।

सोही समझदारी अनुसार आंशिक प्राध्यापकहरूलाई करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो। त्यसका लागि तीन सदस्यीय स्थलगत अध्ययन कार्य टोली गठन गर्ने निर्णय गरिएको छ। सो टोलीले पेस गरेको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षण सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पसरकेन्द्रीय विभागमार्फत् अगाडि बढाउने निर्णय गरिएको हो।