भ्रष्टाचारमा पाँच वर्षे हदम्याद मान्न सकिँदैन : रवि लामिछाने

Rabi_lamichhane
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य नहुने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने कुरामा आफूहरू सहमत हुन नसक्ने बताएका हुन्।

सभापति लामिछानेले भने, ‘म आफ्नो दलको तर्फबाट यो सदनमा स्पष्ट पार्न चाहन्छु की भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य हुने छैन। ‘नो इफ नो बट’ हाम्रो कुरा क्लियर कट। पाँच वर्षे लागु हुने छैन। म यो सिङ्गो देशलाई यो जानकारी गराउन चाहन्छु।’

भ्रष्टाचारमा हदम्याद हुनु हुँदैन भनेर अभियान चलाएका युवाहरूलाई उनले धन्यवाद दिए। नीतिगत भ्रष्टाचार भनेर मन्त्रिपरिषद्‌मा लगेर निर्णय हुने भएकाले परिभाषित हुनुपर्ने सभापति लामिछानेको भनाइ छ।