तनहुँ बस दुर्घटना : मृत्यु हुनेको संख्या २७

accident_
लोकपाटी न्यूज
0 Shares

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपलिका-४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो।दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

दुर्घटनाका घाइते २२ जनालाई उद्धार गरी आबुँखैरेनी अस्पताल लगिएकामा १६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। घटनास्थलबाट डोरीका सहायताले १९ जनाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। गाडीमुनि च्यापिएको अवस्थामा सशस्त्र प्रहरीको गोताखोर टोलीले थप दुईजनाको शव संकलन गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्