काठमाडौं। लोकप्रिय गायिका विष्णु माझीको स्वरमा ‘आइनँ आमा…’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीत शनिबार बिहान सपना म्युजिक इन्ड्रस्टिज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
एकै झल्को देख्न मन छ
तिम्रो आँगन टेक्न मन छ
आइनँ आमा ओ यो तीजैमा
उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ-नयाँ भाग ल्याउँदै आएकी छन्। यसवर्ष उनले ‘आइनँ आमा…’ ओ यो तीजैमा’ भाग २० का रुपमा बोलको तीज गीत सार्वजनिक गरेकी हुन्।
सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। सुन्दरमणिकै निर्देशनमा तयार भिडियोमा मोडल ललिता पौडेलको अभिनय रहेको छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका छन्।