बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक : उपसभामुख राना

Indira_Rana
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताएकी छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

बालसंरक्षण कानुन स्पष्ट नभएको भन्दै सबै बालबालिका समेट्ने कानुन आवश्यक रहेको उनले बताइन्। सामाजिक क्षेत्रमा काम गर्दा कहिलेकाहीँ अपजस आउन सक्ने खतरा रहेको उनले बताइन्।

जेलमा रहेका बाबुआमाका सन्तानलाई वैधानिक रूपमा र प्रक्रिया र्पुयाएर आफूले संरक्षण र शिक्षा दीक्षा दिँदा मानव तस्करको झुटो आरोप लगाइएकोमा उनले दुःख व्यक्त गरिन्।

दृष्टिविहीन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्ने गरी एकीकृत कानुन बनाउनुपर्ने उनको भनाइ थियो। यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराइन्। उनले बालबालिकाका लागि सबैभन्दा प्यारो आफ्ना बाबुआमाको माया र ममता आवश्यक भएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्