काठमाडौं। मुग्लिङ–नारायणगढ सडकखण्डकोमा बस दुर्घटना भएको छ। दुर्घटनमा १० जना घाइते भएका छन्। महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका र उनीहरुको भरतपुरमा उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ।