कैलाली। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीलेc पारेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र त्यो भाँडोभित्र माटो भेटिएको जानकारी दिए।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले बिहान १ बजे थाहा पाएको थियो। सेनाको टोलीले शंकास्पद झोला खोतल्दा त्यसभित्र इलेक्ट्रिक केटली र त्यसभित्र माटो भरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।