रामेछाप पहिरो : ६ जनाको शव भेटियो

pahiro
सांकेतिक तस्बिर
लोकपाटी न्यूज
0 Shares

रामेछाप। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका-३ लेखर्कमा पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ। एक जना घाइतेको उद्धार गरिएको छ।

अविरल वर्षाका कारण गयराति आएको पहिरोले लेखर्कका ४ घर बगाउँदा बेपत्ता भएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको शव फेला परेको हो। भीमबहादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा सैलुङ गाउँपालिका-३ लेखर्ककी ३० वर्षीया चण्डिका श्रेष्ठ उनका १८ महिनाको बालक आमुष श्रेष्ठको शव फेला परेको छ।

त्यस्तै उर्मिला पहरीको घरमा पुरिएका घर धनी ५७ वर्षीया उर्मिला पहरीसहित ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको शव भेटिएको रामेछाप प्रहरीले जनाएको छ।

काले पहरीको घरमा पुरिएका ३ जनाका साथै ९० वर्षीया वृद्धाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको बताइएको छ। अविरल वर्षापछिको बढी पहिरोले गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिम पाइप बगाएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्