काठमाडौं। बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ। अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन्।
बाढीको प्रभाव बंगलादेशको दुर्गम क्षेत्रहरूमा परेका कारण खाद्यान्न, पानी, औषधि अभाव हुन थालेको बंगलादेशका अधिकारीहरुले बताएका छन्। बाढीका कारण सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको जनाइएको छ।
अविरल बर्षाले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका हुन्। भारतमा बाँधका ढोकाहरू खोल्दा यसको प्रभाव बंगलालेशमा परेको बंगालादेशले आरोप लगाएको छ। भारतले भने बंगलादेशले लगाएको आरोप अस्वीकार गरेको छ।