एकीकृत समाजवादीमा कुन पदमा क-कसको उम्मेदवारी ?

yakikrit_Samajbadi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ। डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गर्न लागेको हो।

विभिन्न पदहरूको मनोनयन सकिएको छ। जसअनुसार एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। महिला उपाध्यक्षतर्फ जयन्ती राई र रामकुमारी झाँक्रीले उम्मेदवारी दिएका छन्।

मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्षतर्फ चार जनाका निम्ति ११ जनाले उम्मेदवारी दिएका छन्। खुला उपाध्यक्षका उम्मेदवारमा यसअघिका उपमहासचिवहरू गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, विजय पौडेललगायत छन्।

उपमहासचिव चार पदका निम्ति २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, हरि पराजुलीलगायत उक्त पदका उमेदवार छन्। सचिव दलिततर्फ तीन, आदिवासी जनजातिमा तीन जनाले उम्मेदवारी दिएका छन्। सचिव खुला पाँच सदस्यका निम्ति २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

एकीकृत समाजवादीमा वरिष्ठसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो। असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा भएको दशौं महाधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल निर्वाचित गरेको थियो। बाँकी पदाधिकारी पछि चयन गरिने भनिएको थियो। १८ पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमति हुन नसक्दा एकीकृत समाजवादीले मंगलबार दिउँसो निर्वाचन गर्न लागेको हो।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab