रवि लामिछाने पतित हुन्, रास्वपाबाट राजीनामा दिनुपर्छ : मुकुल ढकाल

mukul-dhakal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निलम्बित गरेपछि उनले आफूलाई पार्टीबाट निष्काशन गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेको क्लबलाई नभएको प्रतिक्रिया दिएका छन्। उनले पार्टी सभापति रवि लामिछानेले नै रास्वपाको सदस्यता त्याग्नु पर्ने बताएका हुन्।

उनले नैतिकताका आधारमा लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने बताए। उनले नैतिकरुपले लामिछाने पतित पात्र भएको भन्दै यसलाई समयले पुष्टि गर्ने उल्लेख गरेका छन्।

मंगलबार समाजिक सञ्जालमा ढकालले लेखका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ।’  राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशन गर्ने अधिकार क्लबलाई छैन। न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ।’

सहकारी प्रकरणमा लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको भन्दै यसले न्याय सम्पादनको प्रक्रियालाई समेत खलल र्पुयाउने उनको भनाइ छ। उनले भने,’सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्। आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्। यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन्। सम्बन्धित निकायको ध्यान जाओस्। र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न ,अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्,एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ। मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।