समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित

Samajbadi_Morcha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आज (बुधबार) बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित भएको छ। नेकपा माओवादी केन्द्रको परामर्श बैठकका कारण सचिवालय बैठक स्थगित भएको सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

यसअघि बिहीबार बसेको बैठकमा सदस्य सचिव तथा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र माओवादी केन्द्रका महासचिव देव गुरुङले धारणा राखेपछि बैठक स्थगित भएको थियो। गुरुङ प्रदेशमा जारी रहेको माओवादीको परामर्श बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि सचिवालयको बैठक प्रभावित भएको श्रेष्ठले बताए। उनका अनुसार अर्को बैठक भदौ १८ गते बस्नेछ।